निरोगी एवं समतामूलक समाज निर्माणका लागि प्रशिक्षक प्रशिक्षण

काठमाडौं । निरोगी एवं समतामूलक समाज निर्माणका लागि भास्कर–तेजश्री स्मृति प्रतिष्ठानले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा संचालन भइरहेको प्रशिक्षणमासातै प्रदेशबाट तीन–तीन जना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन् ।तालिमका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले उपचार गरेर केही विरामीलाई निको पार्न सकिन्छ तर रोग लाग्नै नदिने भनेको सचेतना एवं सशक्तीकरण नै भएको औंल्याए । त्यसका लागि सशक्त माध्यम भनेको बालबालिका एवं विद्यालय नै रहेको पनि बताए ।

उनले कुनै पनि कुरा समाजमा पुर्र्याउने मेरूदण्ड भनेको विद्यालय र बालबालिका नै भएको हुँदा नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी जनचेतना जगाउन विद्यालय नै रोज्नु र शिक्षकलाई नै यसको प्रशिक्षक बनाउन तालिम दिइएकोमा फाउण्डेसनलाई धन्यवाद दिए ।प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा.रीता थापाले नवयुवा भनेको भोलिको नेतृत्व र समृद्धि भएको हुँदा उनीहरूलाई स्वस्थ राख्न र समतामूलक एवं दुव्र्यवहारमुक्त समाज निर्माण गर्न पहल गर्नु नै फाउण्डेसनको उद्देश्य रहेको बताइन् ।

थापाले समाजमा दुव्र्यवहार गर्ने ८९ प्रतिशत आफैँले चिनेका व्यक्ति हुने भएको हुँदा नवयुवालाई सशक्तीकरण गर्नु नै यसको न्यूनीकरण एवं रोकथाम भएको बताए ।स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.सङ्गीता मिश्रले स्वास्थ्य र शिक्षाको सम्बन्ध अत्यन्त पारस्परिक हुने भएको हुँदा शिक्षाको माध्यमबाट नै नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गर्नु प्रतिष्ठानको महत्वपूर्ण कार्य भएको बताइन् ।चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले ७४ प्रतिशत मान्छे नसर्ने रोगका कारण मरिरहेको बताए । उनले नसर्ने रोगबाट बच्ने उपाय भनेको खनपान र जीवनशैली नै भएको बताए । खानपान जीवनशैलीमा सुधार शारीरिक व्यायाम गर्ने हो भने ५८ प्रतिशत मधुमेह त बिसेक समेत हुने अग्रवालको भनाइ थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चन्द्रकान्त भुसालले प्रतिष्ठानसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम विद्यालय लेवलबाट अभिभावकसमक्ष पुर्र्याउन सकिन्छ भनेर नै एमओयु गरिएको बताए ।शिक्षकलाई प्रशिक्षित गरी समाजलाई राम्रो प्रभाव पार्न सकिन्छ भनेर एमओयु गरिएको उनको भनाइ थियो । भुसालले नेपाल सरकारले लिएको संवैधानिक एवं नीतिगत कुरालाई व्यवहारमा कार्यान्वय गराउन प्रतिष्ठानले सहयोग गर्न सक्ने विश्वास लिएको समेत बताए ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा.संभाजी राव पाण्डवले नसर्ने रोगबाट बच्ने र बचाउने भनेको जागरण एवं सशक्तीकरण नै रहेको बताए । विद्यालय तहबाट नै जीवनशैलीप्रति बालबालिकालाई सचेत र शक्तीकरण गराउन सकेमा नसर्ने रोगको मृत्युदर घट्न सक्ने उनको भनाइ थियो ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुलीले भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले गर्न खोजेको कामको गम्भीरतालाई बुझेर नै प्रतिष्ठानसँग केन्द्रले सहकार्य गरेको बताए । सहकार्य समाजका लागि उपयोगी हुनेमा विश्वस्त रहेको पराजुलीको भनाइ थियो ।विशेष गरेर स्वास्थ्य र सामाजिक विषयसँग सम्बन्धित तालिम भएको हुँदा स्वास्थ्य शारीरिक र सामाजिक विषयका प्रशिक्षक र रोस्टर प्रशिक्षकलाई तालिममा सहभागी गराइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डेले बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१