• २०८३ असार १०
  • 2026 June 24, Wednesday

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

काठमाडौ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टारलाई हटाउन सिफारिस गरेका छन् ।

कृषि विश्व विद्यालयका कुलपति समेत रहेको मुख्यमन्त्री सिंहले मंगलबार अबेर रातिसम्म बसेको सिनेटको बैठकमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गर्न सिफारिस गरेका हुन ।करिब १ वर्ष अघि कृषि विश्वविद्यालयको भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए तर, जनमत पार्टीका नेताहरु पार्टी अध्यक्ष सीके राउतले गर्नुपर्ने भन्दै शिलान्यासका दिन जनमत पार्टी र जसपा नेपालका कार्यकर्ता बीच कुटाकुट नै भएको थियो । त्यसमा तत्कालीन शिक्षा मन्त्री महेश यादव घाइते समेत भएका थिए ।

तत्कालीन शिक्षा मन्त्री घाइते भएपछि मधेश प्रदेश सभाले नै छानबीन समिति गठन गरेका थिए त्यो छानवीन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।जनमत नेतृत्वको मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालय सञ्चालनकालागि कुल १० लाखको बजेट विनियोजन गरेको छ त्यसमा पनि आर्थिक कारोवार विगत ७ महिना देखि बन्द गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार मध्यरातमा गरेको कानुन विपरीतको निर्णयले मधेश प्रदेशको शिक्षा अवस्थामा ठूलो असर पर्ने र सयौं विद्यार्थीको भविष्य अन्योलमा परेको देखिन्छ ।