सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । साताको कारोबारको तेस्राे दिन मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन मंगलबार ४ सयले घटेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको चाँदी  स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१