• २०८३ असार ९
  • 2026 June 23, Tuesday

पुँजीबजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित गर्न सकिदैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताएका छन् ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन र चलायमान बनाउने सोच्नु पर्ने बताए ।उनले भने,‘सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालमा नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन गर्ने नेपालको पुँजीबजारलाई कसरी चलायमान बनाउने ।

जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म नेपालको श्रमशक्तिलाई व्यवस्थित गर्न सकिदैन ।’त्यस्तै उनले जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना नहुने भन्दै आज उद्योग स्थापना गर्न, त्यसलाई सञ्चालन गर्न जोखिम र चुनौतीपूर्ण बनेको बताए ।उनले भने,‘जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन् । त्यसैले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्छ । तर एउटा बिडम्बना आजको उद्योग स्थापना गर्न र त्यसलाई सञ्चालन गर्न जोखिम र चुनौती छ।’

उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन्छ : चन्द्र ढकाल

त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा तुलनात्मक रुपमा उत्पादकता कम भएको भन्दै उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्ने बताए ।अर्को रोजगारी सिर्जना गर्ने भनेको निजी क्षेत्र भएकाले उद्योेग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको वातावरण बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने,‘नेपालमा तुलनात्मक रुपमा उत्पादकता वास्तबमै कम छ । उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्छ । साथै अर्को रोजगारी सिर्जना गर्ने भनेको रियल एक्टर भनेको नै प्राइभेट सेक्टर हो । हामीले उद्योेग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको चाँही वातावरण बनाउन आवश्यक छ । तब मात्र रोजगारी सिर्जना हुन्छ, तब मात्र सोचे अनुसारको पारिश्रमिक अथवा चाहे अनुसारको सेवा सुविधा दिनसक्ने हुन्छ ।’