
काबुल । पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ।
‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।
तस्बिर : एएफपी