ओलीमाथि विश्वप्रकाश शर्माकाे व्यंग्य : आलुले तोलामा जोखिने सुनसँग क्विन्टलको धाक लगाउने ? (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई क्विन्टल र अरुलाई एक-एक किलाेकाे ढक भनी दिएकाे अभिव्यक्तिकाे जवाफ फर्काएका छन् ।

मंगलबार राजधानीमा आयाेजित कार्यक्रममा उनले ओलीकाे अभिव्यक्तिकाे जवाफ फर्काएका हुन् । शर्माले आफूहरु सानाे भएकाे तर सुन भएकाे र उनीहरु क्विन्टल भएकाे तर आलु भएकाे जवाफ दिएका हुन् ।

उनले भने ‘५ दलकाे गठबन्धन भनेकाे एक-एक किलाेकाे ढक हाे । हामी क्विन्टल हाैँ, भन्नुभएछ उहाँले । उहाँहरु क्विन्टल नै हुनुहुन्छ । हामी किलाकाे ढक पनि हाेइनाैँ । तर एक क्विन्टल आलु एकातिर र एक ताेला सुन अर्काेतिर राखेर हेर्दा कसकाे जीवन लामाे हुन्छ ? वजन त ठूलाे हाेला तर जीवन कसकाे लामाे हुन्छ ?’

उनले एमाले अध्यक्ष ओली अहिले अन्य पार्टीका नेताहरुलाई आउ, आउ भनेर बाेलाइरहेकाे पनि बताए । उनले राप्रपा नेपाल र परिवार दलसँग चुनावी एकता गरेकाेबारे टिप्पणी पनि गरे ।

शर्माले राजनीतिमा ‘एक्जिट पाेलिसी’ चाहिएकाे पनि बताए । व्यक्तिकाे क्षमता, याेग्यता अनुसार प्रधानमन्त्री बनाउनुपर्ने पनि उनकाे धारणा थियाे । उनले अमेरिकाकाे राष्ट्रपति बाराक ओबामा, जाे बाइडेनकाे उदाहरण दिएर नेपालमा उमेरकाे आधारमा नभएर क्षमताकाे आधारमा प्रधानमन्त्री चुन्नुपर्ने र राजनीतिमा एक्जिट पाेलिसी ल्याउनुपर्ने बताए ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१