सुनचाँदीकाे मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँ घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि घटेकाे छ । ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१