नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह कहिल्यै नसुध्रिने बताएका छन्।शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौं महाधिवेशन उद्घाटन गर्दै देउवाले पूर्व राजा शाह कहिल्यै सुध्रिने मानिस नभएको टिप्पणी गरे।‘पूर्वराजा ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनि सुध्रिने मानिस पनि होइनन्,’ देउवाले भने, ‘उनी कहिल्यै राजा बन्ने स्वभावका पनि होइनन्।’
सभापति देउवाले शुक्रबार पूर्वराजाको नाममा काठमाडौंमा भएको हुलहुज्जत र अराजकताले उनी कस्ता व्यक्ति हुन् भन्ने स्पष्ट पारिदिएको बताए।‘पूर्व राजाको नाममा हिजो जसरी हुलहुज्जत र अराजकता निम्त्याउने काम भयो, त्यसले ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने स्पष्ट भइसकेको छ,’ देउवाले भने।सभापति देउवाले शुक्रबार भएको अराजकता र हर्कत क्षम्य दिने खालको नभएको बताए।