नेपालमा कति छन् काेराेना भाइरसकाे सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ३ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २५ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३ सय १८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१