• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो । यसैगरी आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।