एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१