
काठमाडौँ । तीनकुनेमा भएको राजावादी हिंसात्मक प्रदर्शनमा थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् । उनीहरुविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ ।
यस घटनामा पक्राउ पर्नेहरूको संख्या ७५ पुगेको छ । १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको राजावादी आन्दोलनमा दुई जनाको ज्यान गएको थियो, साथै व्यक्तिका निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो ।