• २०८३ असार १०
  • 2026 June 24, Wednesday

“रास्वपा सांसद गौतम आईपीयूको स्वास्थ्य समिति सदस्यमा निर्वाचित”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५० औं अन्तर-संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्य सम्बन्धी समितिको सदस्यमा निर्वाचित भएकी छिन् ।

आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो । सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ । महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गर्दै स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो ।

त्यहीअनुसार बनेको समितिमा नेपालका तर्फबाट सांसद गौतम निर्वाचित भएकी हुन् । अन्य निर्वाचित सदस्यहरूमा संयुक्त अरब इमिरेट्सका संघीय राष्ट्रिय परिषद् सदस्य आर अल मन्सुरी, केन्याका सिनेट सदस्य सी मुएको मुम्मा, भारतका लोकसभा सदस्य एस जैसवाल, मेक्सिकोकी डेप्युटी सभागृह सदस्य एस. एभिला, नेदरल्यान्ड्सकी प्रतिनिधिसभा सदस्य जे टिलन, स्वीट्जरल्याण्डका राष्ट्रिय परिषद् सदस्य सी लोहर, अल्जेरियाका जनप्रतिनिधि सभा सदस्य एफ इलिमी, आयरल्याण्डकी सिनेट सदस्य एल क्लिफर्ड ली, फ्रान्सकी राष्ट्रिय सभा सदस्य भि रियोटोन, नामिबियाका राष्ट्रिय परिषद् सदस्य टाङ्की मुतेका, उज्बेकिस्तानका सिनेट सदस्य ओ अतानियाजोवा, जिम्बाब्वेका सिनेट सदस्य एस त्शाबाङ्ग रहेका छन् ।