• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

छोरीको ‘इन्गेजमेन्ट’ गरेको केटासँग आमा फरार, छोरी अस्पताल भर्ना

काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित अलीगढ जिल्लामा एक अनौठो र चकित बनाउने घटना सार्वजनिक भएको छ।

छोरीको विवाह आगामी वैशाख ३ गते (स्थानीय मितिअनुसार) तय भएको थियो। तर विवाहको तयारी भइ रहेको समयमा छोरीले इन्गेजमेन्ट गरेको केटासँग उनकी आमा नै फरार भएको खबर सार्वजनिक भएको छ। जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट नगद र गहना लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

उनका अनुसार, उनीहरूकी छोरीको विवाह तयारी चलिरहेको थियो, तर छोरीले इन्गेजमेन्ट गरेको युवकसँगै उनकी पत्नी फरार भएकी हुन्।भारतीय सञ्चारमाध्यमहरूका अनुसार, आमाले आफ्ना हुनेवाला ज्वाइँलाई स्मार्टफोन दिएकी थिइन् र उनीहरूबीच लामो समयसम्म कुराकानी हुने गर्थ्यो। यही क्रममा उनीहरूबीच प्रेम सम्बन्ध गहिरिँदै गएको र अन्ततः भागेर विवाहको निर्णयमा पुगेको बताइएको छ।

छोरी भने आमाको यस्तो व्यवहारले गहिरो मानसिक आघातमा परेकी छिन्। घटनापछि उनी बिरामी परेर अस्पतालमा भर्ना भएकी छन्। पीडित युवतीले समाचार माध्यम ‘आजतक’ सँग भनिन्, “मेरै आमा मेरो खुसीकी दुश्मन बन्नेछिन् भन्ने कल्पनासमेत गरेकी थिइनँ। मेरो सपना चकनाचुर भएको छ।”हाल पीडित परिवारले आमाको खोजीका लागि प्रहरीसँग सहयोग मागिरहेको छ। घटनाले स्थानीय क्षेत्रमा समेत ठूलो चर्चा पाएको छ।