सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। बिहीबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ।अघिल्लो दिन तोलामा २ हजार रुपैयाँ बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ। यससँगै, सुनको यो मूल्य हालसम्मकै उच्चतम छ। गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनाइएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १८३५ रुपैयाँ रहेको चाँदी आज १९०० रुपैयाँ पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेपछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेको हो। अन्तर्राष्ट्रिय बजारमा एकै दिन सुनको भाउ ४ प्रतिशतभन्दा बढी बढेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१