सम्बन्ध विग्रिएको पछि प्रेमिकाको तस्वीरबाट ब्ल्याकमेलिङ गर्ने आरोपमा एक व्यक्तिको गिरफ्तारी

काठमाडौं । प्रेम सम्बन्ध समाप्त भएपछि प्रेमिकाको तस्वीरलाई नै ब्ल्याकमेलिङको माध्यम बनाएको आरोपमा एक युवक (प्रेमी) पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्तिको नाम आयुष अधिकारी (२४) हो, जो ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्गका निवासी हुन्। उनलाई प्रहरीले केन्द्रीय साइबर ब्यूरोको टोलीले ललितपुरबाट पक्राउ गरेको हो। आयुषमाथि काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गतको अपराधमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

आयुष र एक युवतीको प्रेम सम्बन्ध थियो। उक्त सम्बन्धको दौरान खिचिएका प्रेमिकाका अन्तरंग तस्वीरहरू सम्बन्ध विच्छेद भएपछि आयुषले दुरुपयोग गरेको र ती तस्वीरहरू पूर्वप्रेमिकालाई पठाएर ब्ल्याकमेलिङ गरेको आरोप छ। साथै, उनले प्रेमिकाका तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की पनि दिएको बताइएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१