
काठमाडौं । मेडिकल व्यवासायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको विशेष व्यूरोबाट खटिएका प्रहरीले दुर्गालाई भारतको आसामबाट पक्राउ गरेको छ । तर दुर्गा प्रसाईंको सचिवालयले उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ ।
उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइने तयारी गरिएको छ ।