• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज शुक्रबार, सुनको मूल्य तोलामा ३,९०० रुपैयाँले वृद्धि भएर नयाँ उच्चतम स्तरमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस मूल्य वृद्धिसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन, छापावाल सुन तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १,९०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले वृद्धि भएर १,९०५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।