
काठमाडौ । सुनको भाउ तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम गरिएको छ। यो मूल्य गत शुक्रबारको १ लाख ८५ हजार रुपैयाँभन्दा १ हजार रुपैयाँले बढी हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
सुनचाँदीको मूल्यमा आएको यो वृद्धिलाई अन्तर्राष्ट्रिय बजारको उतारचढावसँग जोडिएको बताइएको छ।