टी– २० आई सिरिजको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

काठमाडौं । चारदेशीय टी–२०आई सिरिजको उपाधि कुवेतले जितेको छ । फाइनलमा नेपाललाई ३ रनले पराजित गर्दै कुवेतले उपाधि हात पारेको हो ।

कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । जवाफि ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा १० विकेट गुमाउँदै १७१ रन बनायो ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ८० रन बनाए । नन्दन यादवले ३७ रन, आसिफ सेखले २७ रन बनाए भने अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन् । कुबेतका लागि एसिन पटेल, अनुदिप र नविनराजले समान २,२ विकेट लिए भने मोहमख अस्लामले १ विकेट लिए ।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए । बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २–२, करण केसी र कुशल भुर्तेलले एकएक विकेट लिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१