• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनकाे मूल्य तोलाको १ लाख ९० हजार नाघ्यो, एकैदिन ३६०० रुपैयाँले बढ्याे

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको भाउ बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिनको तुलनामा एकैपटक ३६०० रुपैयाँको वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिन तोलामा १९५५ रुपैयाँ रहेको चाँदी बिहीबार ५ रुपैयाँले बढ्दै १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।