• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

काठमाडौं । टिकटकमा पेस्तोल देखाएर भिडियो पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ महादेव निवासी २१ वर्षीय रघुबिन्द यादव हुन्।

प्रहरीका अनुसार यादवले वैशाख ६ गते साँझ करिब साढे ६ बजे पेस्तोल देखाउँदै बनाएको भिडियो टिकटकमा अपलोड गरेका थिए। सोही भिडियोका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यादवलाई मायादेवी गाउँपालिका–१, पकडीस्थित मायादेवी होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जनाएको छ।