कृष्णभिरबाट मोटरसाइकल सहित त्रिशुलीमा खसेका युवकको मृत्यु

काठमाडौँ । धादिङको बेनिघाठ रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट त्रिशुलीमा खसेका युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ घर भएका २७ वर्षीय मिनबहादुर तामाङ छन् ।आइतबार साँझ काठमाडौं आउँदै गरेका तामाङ बागमती प्रदेश–०५४ प ४०५४ नम्बरको आरटिआर मोटरसाइकल सहित त्रिशुलीमा खसेका थिए ।

सडकबाट २ सय मिटर तल खसेर अचेत भएका तामाङलाई प्रहरीले उद्धार गरेर धादिङको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको थियो । उपचारको क्रममा सोमबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१