• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिनमा ६ हजार ९०० रुपैयाँले वृद्धि भई तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन यो मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ थियो। यस वृद्धिसँगै सुनको मूल्य २ लाख रुपैयाँको नजिक पुगेको छ।