कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव भेटियो

काठमाडौ। कञ्चनपुरको बेलौरीमा एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन्।

बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक नजिक मंगलबार बिहान करीब ६:४५ बजेतिर एक शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार तोरीको भुसमा लागेको आगोले सडक छेउमा रहेको मोटरसाइकल र त्यसको नजिकै एक व्यक्तिको शव जलेको अवस्थामा फेला परेको हो। शवको पहिचान अझै हुन नसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१