• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १,००० रुपैयाँले घटेको हो।

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो भने शुक्रबार यसले घटेर १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम रहेको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँ घटेर २ हजार रुपैयाँमा झरेको छ।