• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु, सञ्चालकसहित ३ जना पक्राउ

ललितपुरको बडीखेलस्थित विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएका एक पुरुषको मृत्यु भएको छ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ का ४८ वर्षीय दावा घिसिङको गएराति मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि घिसिङलाई बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको दाबी गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीका अनुसार चिकित्सकले अस्पतालमा पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।

घटनापछि मृतकका आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन्। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

यस प्रकरणमा रिह्याब सञ्चालक सुजन महर्जनसहित कर्मचारीहरू भाष्कर बुढाथोकी र अनुज नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी प्रभाग बाँडेगाउँले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।