• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।

यसअघि उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाम पनि चर्चामा थियाे ।