काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले वृद्धि भएको हो। मंगलबार छापावाल सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ रहेको चाँदी बुधबार घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।