बागलुङमा २ दिने सहकारी संस्थाको दिगो व्यवस्थापन तालिम

काठमाडाैं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना, चारतारे युवा क्लव, सिवाईसी नेपालको आर्थिक सहयोग र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा बागलुङमा २ दिने सहकारी संस्थाको दिगो व्यवस्थापन सम्वन्धि तालिमको सुरुवात भएको छ ।

जिल्ला स्थित सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरुलाई लक्षीत गरि आयोजना गरिएको तालिममा सहकारीको अवधारण मुल्य, मान्यता, सिद्दान्त र सहकारीता, सहकारीको वर्तमान अवस्था र कानुनी व्यवस्था, वित्तीय विश्लेषण तथा पल्र्स अनुगमन प्रणाली र भाका नाघेको ऋण व्यवस्थापन लगायतका विषयमा नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्था सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याए । उनले सहकारी दिगो भएमा मात्रै समुदाय दिगो हुने बताउँदै सहकारीहरूको संस्थागत मजबुतीकरण हाम्रो पहिलो प्राथमिकता हुनुपर्ने भन्दै तालिममा सहभागी सबैलाई आ–आफ्नो संस्थामा व्यवहारिक रूपमा तालिमको प्रभावकारिता देखाउन आग्रह गरे ।

३० जनाको सहभागिता रहेको तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता संघका अध्यक्ष पौडेलले गरेका थिए भने तालिमको उद्देश्य र स्वागत प्रशिक्षक अधिकारी र सञ्चालन सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले गरेका थिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१