काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो।
तर, चाँदीको मूल्यमा वृद्धि देखिएको छ। बिहीबार तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।