• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नीति तथा कार्यक्रम: नागरिक एप्स मार्फत सबै सेवा अनलाइन उपलब्ध गराइने

काठमाडौं । सरकारले राज्यद्वारा प्रदान गरिने सबै सेवा–सुविधा अनलाइन प्रणालीमार्फत नागरिकसम्म पु‍र्‍याउने लक्ष्यसहित नागरिक एप्सलाई विस्तार गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन्।

उनका अनुसार नागरिक एप्समार्फत सेवा विस्तार गरी सरकारी सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था गरिनेछ। यसमार्फत नागरिकले घरमै बसेर अनलाइन सेवा उपयोग गर्न सक्ने वातावरण बनाइने सरकारको योजना छ।