काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ पुगेको छ।
शुक्रबार सो सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ थियो। यस आधारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ रहेको चाँदी आइतबार तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भएको छ।