• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पाकिस्तानमाथि भारतको आक्रमण: चीनले भन्यो ‘खेदजनक’

  • २०८२ वैशाख २४, बुधबार १०:३९

चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ।

बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्।

चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ‘खेदजनक’ भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ।

‘चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दु:खद मानेको छ। हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,’ मन्त्रालयको विज्ञप्तीमा भनिएको छ।

चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।
‘हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ।

  • २०८२ वैशाख २४, बुधबार १०:३९