
काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चाेक जिल्लाकाे तेमाल गाउँपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसबाट चन्द्रबहादुर तामाङ उठ्ने भएका छन् ।
यसअघि प्रमुखमा गुमानसिंह तामाङ र चन्द्रबहादुर तामाङकाे चर्चा चलेकाे थियाे । २०६४ सालदेखि सक्रिय राजनीति गरिरहेका तामाङ नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा खेलकुद विभागकाे केन्द्रीय सदस्यसमेत हुन् ।
तामाङ कांग्रेसमा लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन् । निरन्तर राजनीतिमा सक्रिय तामाङ स्थानीय नागरिकबीच पनि लाेकप्रिय छन् । जनजातीकाे बाहुल्यता रहेकाे उक्त गाउँपालिकामा आफू निर्वाचित हुनेमा ढुक्क रहेकाे पनि तामाङले हुलाक सञ्चारलाई जानकारी गराए ।
उनले आफू निर्वाचित भएपछि उक्त गाउँपालिकामा खानेपानी र सडककाे स्तरउन्नति गर्ने याेजना रहेकाे पनि बताए । उनले आफूलाई निर्वाचित गर्नका लागि मतदातासँग आग्रह पनि गरे ।
तेमाल गाउँपालिकामा २०७४ मा भएकाे स्थानीय चुनावमा पनि नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका थिए । गाउँपालिका प्रमुखमा कांग्रेसका सलाम सिंह लामा र उप प्रमुखमा कांग्रेसकै दुर्गामाया तामाङले जित हात पार्दा अहिले उम्मेदवार बनेका चन्द्रबहादुर तामांगले प्रचारप्रसारको प्रमुख भुमिका रही पार्टीका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका समेत खेलेका थिए।