काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो। बिहीबार प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर १ लाख ९० हजार ८ सय रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर अहिले १ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।