महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

काठमाडौं । महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१