• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले जारी गर्दै आएको अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

विभागले आइतबार सूचना जारी गर्दै वैशाख २५ गतेदेखि प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले सेवा स्थगित गरिएको जानकारी दिएको हो।

यसअन्तर्गत अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति मिसनमा जाने नेपाली सेना र प्रहरी तथा गैरआवासीय नेपालीहरूका लागि विशेष रूपमा जारी हुँदै आएको लाइसेन्स अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि छपाइ नहुने विभागले स्पष्ट पारेको छ।

विभागले प्राविधिक समस्या समाधान नभएसम्म सेवाग्राहीलाई असुविधा हुन सक्ने भन्दै क्षमायाचना पनि गरेको छ।