थप १८ जनामा काेराेना संक्रमण, कति छन् देशभर सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ९८ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ८३ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१