काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ, भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २,००० रुपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसै सुनको मूल्य १ लाख ८६ हजार ८ सय रुपैयाँ थियो।
चाँदीको मूल्य भने आज वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले बढेर १,९७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार चाँदी १,९६० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मङ्गलबारको दरअनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५९ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १,६८९ रुपैयाँ कायम गरिएको छ।