संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र लेखिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

काठमाडाैं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा सर्लाहीको मलङ्गवामा ‘प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम’ सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश गाेपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्रपूर्वक लेखिएको धर्म निरपेक्षतालाई संविधान संशोधन गरेर हिन्दू राष्ट्र लेखिनुपर्ने माग गरे । जनगणनामार्फत् हिन्दूलाई ११ ठाउमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दू राष्ट्रको मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउँदै पूर्व प्रधानन्यायाधीशले विश्वको उत्कृष्ट धर्म र राष्ट्रको संरक्षण गर्न आह्वान समेत गरे ।

अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू राष्ट्रको माग राजनीतिक नभई सांस्कृतिक रहेको नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउनका लागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उनले धर्म निरपेक्षता को विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गरे ।

कार्यक्रम संयोजक तथा पूर्वमन्त्री रामचन्द्र रायले हिन्दू राष्ट्रको पहिचान बेच्ने हरूलाई गद्दारको संज्ञा दिँदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गरेका थिए । धर्मान्तरण नै राष्ट्रान्तरण हुनेतर्फ सचेत हुन आग्रह गर्दै उनले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए ।

राष्ट्रिय मधेसी आयोगकी सदस्य आभा सेतु सिंहले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना व्यक्त गरेका थिए । सह-संयोजक राम स्वरूप राय यादव रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य डा. पुरुषोत्तम झाद्वारा प्रस्तुत गरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१