
बुधबार दिउँसो पोखरा महानगरपालिका–२२ को दहरा घुम्ती नजिक भएको बस दुर्घटनामा परेर घाइते भएका २८ जना भारतीय नागरिक भएको खुलेको छ।
प्रहरीका अनुसार सो बसमा ३० जना यात्रु सवार थिए, जसमा चालक र सहचालकबाहेक सबै भारतीय नागरिक थिए। कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले दुई जनालाई केही गम्भीर चोट लागे पनि बाँकीको अवस्था सामान्य रहेको र सबैलाई मेडिकल कलेजमा उपचारका लागि लगिएको जानकारी दिए।
भारतको छत्तीसगढबाट ४९ जना पर्यटक मंगलबार राति पोखरा भ्रमणका लागि आएका थिए। उनीहरू बुधबार बिहान दुईवटा बस रिजर्भ गरेर पोखरा–२२ स्थित पुम्दीभुम्दीको विशाल महादेवको मूर्ति दर्शन गर्न गएका थिए। फर्किने क्रममा तीमध्ये एक बस दुर्घटनामा परेको थियो, जसमा सवार प्रदीप बर्णवालले जानकारी दिएका छन्।
यी हुन् बस दुर्घटनाका घाइतेहरू :
१) पोखरा महानगरपालिका–११ का २७ वर्षीय दिनेश क्षेत्री (चालक)
२) पोखरा महानगरपालिका–१ का ३० वर्षीय कृष्ण सुवेदी (सहचालक)
३) भारत छत्तिसगढका ५३ वर्षीय त्रिलोकीनाथ वरनवाल
४) भारत छत्तिसगढका ६७ वर्षीय दिलिप कुमार साहु
५) भारत छत्तिसगढका ६१ वर्षीय कोमल राय साहु
६) भारत छत्तिसगढका ७० वर्षीया जयन्ती वार्ड दिबागन
७) भारत छत्तिसगढका ६५ वर्षीय बिष्णु यादव
८) भारत छत्तिसगढका ६५ वर्षीया रेखा साहु
९) भारत छत्तिसगढका १२ वर्षीय चिराक साहु
१०) भारत छत्तिसगढका ६० वर्षीय निर्मला चावके
११) भारत छत्तिसगढका ७० वर्षीय रमेश चावके
१२) भारत छत्तिसगढका ३६ वर्षीय रितेश गुप्ता
१३) भारत छत्तिसगढका ५९ वर्षीय शिव प्रसाद
१४) भारत छत्तिसगढका ५७ वर्षीय रमेश नाथ
१५) भारत छत्तिसगढका ४८ वर्षीय प्रदिप वरनवाल
१६) भारत छत्तिसगढका ४२ वर्षीय संगिता वरनवाल
१७) भारत छत्तिसगढका ४५ वर्षीय किरण वरनवाल
१८) भारत छत्तिसगढका ११ वर्षीय भवे साहु
१९) भारत छत्तिसगढका ७८ वर्षीय चाम्रुराम साहु
२०) भारत छत्तिसगढका ४३ वर्षीय टिकाराम साहु
२१) भारत छत्तिसगढका ६१ वर्षीय सिहु चरण साहु
२२) भारत छत्तिसगढका ७० वर्षीय आईएस नाथ
२३) भारत छत्तिसगढका ४५ वर्षीया दिपकला मिश्रा
२४) भारत छत्तिसगढका ३८ वर्षीया अनिता शर्मा
२५) भारत छत्तिसगढका ५० वर्षीया कामिनी साहु
२६) भारत छत्तिसगढका ६७ वर्षीय थागुराम साहु
२७) भारत छत्तिसगढका ७३ वर्षीय राम दुलाहा देवागन
२८) भारत छत्तिसगढका ८२ वर्षीय मायाराम साहु
२९) भारत छत्तिसगढका ७० वर्षीया सुमिती साहु
३०) भारत छत्तीसगढका १३ वर्षीय मुकुन कुमार साहु