काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा झरेको छ। बुधबार सो सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ९६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ३५ रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।