• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कारले ठक्कर दिएपछि मर्निङ वाक गरिरहेकी दुई महिलाको मृत्यु

काठमाडौ । कपिलवस्तुको पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा बिहानको समयमा हिँडिरहेकी दुई महिलालाई कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।

बुद्धभूमि नगरपालिका–१, बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा ज्यान गएको हो।

दुर्घटनापछि कार चालक, रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।