• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सञ्चारमन्त्री एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन्।

एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को पहिलो बैठकको समापन समारोहमा उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्।

गुरुङ विसं २०४३ मा जनपक्षीय उम्मेदवारको रूपमा उठेका थिए। कार्यक्रममा विसं २०४३, २०४९ र २०५४ का विभिन्न निर्वाचनमा उम्मेदवार बनेका दुई सय १४ जना पार्टी नेताहरूलाई पनि सम्मान गरिएको थियो।

विसं २०३४ देखि राजनीतिमा सक्रिय गुरुङ पार्टीभित्र स्पष्ट विचार राख्ने र खरो रूपमा बोल्ने नेताका रूपमा चिनिन्छन्। जिल्ला अध्यक्ष विष्टका अनुसार, समाजवादउन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने अभियानमा गुरुङसहित पूर्व जनप्रतिनिधिहरूको योगदान, पार्टी निर्माणमा देखाएको समर्पण र क्रियाशीलतालाई उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको हो।