कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोजेको स्वतन्त्र सांसद अमरेशकुमार सिंहको आरोप

प्रतिनिधिसभामा आइतबार स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका छन्। उनले उपसभामुख इन्दिरा रानामगरलाई जनजाति महिला भएकै कारण जेठ महिनाभित्र हटाउन खोजिएको दाबी गरेका छन् । सिंहका अनुसार कांग्रेस उपसभामुखको पदमा आफ्नै सांसदलाई ल्याउन चाहन्छ र त्यसका लागि जातीय पहिचानमा खेल भइरहेको छ।

सांसद सिंहले यसअघि पनि जनजाति भएकै कारण कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको, ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई पदमुक्त गरिएको र मधेसी भएकै कारण डा. सङ्गीता कौशललाई वरिष्ठता हुँदाहुँदै स्वास्थ्य सचिव नबनाइएको उल्लेख गरेका छन् ।

उनले कांग्रेसलाई जनजाति, मधेसी र थारु विरोधी दलको रूपमा आरोप लगाउँदै यस्तो प्रवृत्तिको कडा भण्डाफोर गरे। संसदमा उनको धारणा गम्भीर बहसको विषय बन्ने देखिन्छ।