७ वर्षीया नातीनी बलात्कारको आरोपमा ७५ वर्षीय हजुरबुबा पक्राउ

दाङको तुलसीपुर-१७ का ७५ वर्षीय एक वृद्ध ७ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । ती बालिका नातामा वृद्धको नातीनी पर्छिन् ।

शनिबार अपरान्ह ४ बजेतिर ती बालिका बाख्रा चराउन गएको र तिर्खा लागी पानी खान वृद्धको घरमा जाँदा चक्लेट खाने पैसा दिन्छु भनी जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले बताएका छन् ।

वृद्धलाई ५ दिन म्याद थपेर अनुसन्धान थालिएको छ । बालिकालाई स्वास्थ्य परीक्षणपश्चात हजुरआमाको जिम्मा लगाइएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१