भारत एसीया कप क्रिकेटको पुरुष र महिला दुवै संस्करण नखेल्ने,नेपालको सम्भावना कति
भारतले एसीया कप २०२५ र महिला इमर्जिङ टिम्स एशिया कपमा सहभागी नहुने निर्णय गरेको छ। पाकिस्तानसँगको निरन्तरको राजनीतिक र कूटनीतिक तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) यो निर्णयमा पुगेको हो।
द इन्डियन एक्सप्रेसका अनुसार बीसीसीआईले एसियन क्रिकेट काउन्सिल (एसीसी) लाई भारतको सहभागिता नहुनेबारे आधिकारिक रूपमा जानकारी गराइसकेको छ। एसीसी अध्यक्ष पाकिस्तानी मन्त्री मोहसिन नक्वी भएको कारण भारतले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको बीसीसीआई स्रोतले जनाएको छ।
‘यो देशको भावना हो,’ बीसीसीआई स्रोतले भनेका छन्, ‘हामीले महिला इमर्जिङ टिम्स एशिया कपमा भाग नलिने जानकारी दिइसकेका छौं। आगामी प्रतियोगितामा पनि सहभागिता अनिश्चित छ।’
सन् २०२५ को एसीया कप भारतमै आयोजना हुने तयारीमा रहे पनि भारतको निर्णयले प्रतियोगिता अन्योलमा परेको छ। प्रतियोगितामा भारतबाहेक पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश सहभागी हुने तय भएको थियो।
एसोसियट्स मुलुकहरु मध्य हङकङ , ओमान र युएई पनि यसपालीको एसीया कप खेल्दैछन् । नेपाल भने छनौट चरणको शिर्श ३ मा नअटाएपछी एसीया कप खेल्न बाट बन्चित भएको हो ।
अब भारतले एसीया कप नखेल्ने निर्णय लिएपछी , कतिपयले “के भारतको ठाउँमा नेपालले स्थान बनाउन सक्ला त?”भनेर चासोका साथ हेरिरहेका छन् ।
तर भारतले एसीया कपमा भाग नलिने निर्णय लिइसकेपछी पनि नेपालले मौका पाउने सम्बावना न्युन छ ।
पहिलो कुरा त यसपालिको एसीया कप भारतमै हुने तय भएको थियो , अब भारतनै नखेल्ने भएपछी एसीया कप हुने या नहुने मै शंका छ । अर्को कुरा भनेको व्यापारिक हिसाबले हेर्ने हो भने पनि भारतलाई नसमेटी एसीया कप संचालन गर्न अन्य सहभागि मुलुकले ल्याकत राख्ने सम्भावना कम छ ।
जसका कारण यसपालिको एसीया कप प्रतियोगिता स्थगित हुने सम्भावना बढेर गएको छ ।