• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कप्तान इन्दुले पाएको म्यान अफ द म्याच अवार्ड स्पिनर मनिषा उपाध्यायलाई सुम्पिइन्

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले महिला टी–२० विश्वकपको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान सुनिश्चित गर्नु नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो पटक एसिया छनोट पार गरी विश्व स्तरको ग्लोबल छनोटमा स्थान बनाएको हो। खेलपछिको प्रतिक्रिया दिँदै कप्तान इन्दुले टिमको कडा मेहनत र एकताको फलस्वरूप यो सफलता सम्भव भएको बताइन्।

‘खेल निकै तनावपूर्ण थियो तर अन्तिममा हामीले दबाबलाई नियन्त्रण गरेर जित हात पार्यौं,’ इन्दुले भनिन्, ‘महिला क्रिकेटका लागि यो ऐतिहासिक क्षण हो।’

इन्दुले आफूले पाएको म्यान अफ द म्याचको अवार्ड बलर मनिषा उपाध्यायलाई समर्पित गरिन्, जसले ४ विकेट लिएर यूएईको स्कोरलाई नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

कप्तान इन्दुले अविजित ३० रनको योगदान दिँदै टिमलाई अन्तिम ओभरमा जित दिलाएकी थिइन्।