• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तिन जनाको नाम लिएर अर्थमन्त्री लागे मन्त्रीपरिषद् बैठक

गभर्नर सिफारिस समितिको बैठक मंगलबार अपराह्न सिंहदरबारमा सम्पन्न भएको छ। बैठकपछि अर्थमन्त्री विष्णु पौडेल बालुवाटार प्रस्थान गरेका छन्।

अर्थ मन्त्रालयका एक स्रोतका अनुसार, समितिले अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गरेको छ। ती नाममध्ये विश्व पौडेललाई गभर्नर बनाउने विषयमा राजनीतिक सहमति पहिले नै भइसकेको जनाइएको छ। अब सो निर्णयलाई औपचारिकता दिन केहीबेरमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ।